एनपिएल जितको खुसीः पर्साको गाउँपालिकाले आइतबार दियो सार्वजनिक बिदा

रेडियो गौशाला , ४९८३  पटक हेरिएको

गौशाला-जनकपुर बोल्ट्सले पहिलो संस्करणको एनपिएल प्रतियोगिता जितेको भन्दै पर्साको एउटा गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज एक सूचना जारी गर्दै भोलि पुस ७ गते आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अत्यावश्यकबाहेक सबैमा स्थानीय बिदा दिइएको सूचनामार्फत् जानकारी दिएको छ।

जनकपुर बोल्ट्सले आज सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि जितेको हो।

प्रकाशित मिति: २०२४-१२-२२ , समय : ०८:१५:१८ , ६ महिना अगाडि