मधेशमा हाल सरकार परिवर्तन हुने कुनै सम्भावना छैन : मन्त्री यादव

रेडियो गौशाला , ११३८  पटक हेरिएको

बिबेक कुमार महतो, गौशाला ।  मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले प्रदेश सरकार परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । पछिल्लो समय कांग्रेस र एमालेले नयाँ सरकार गठनको प्रयास गरिरहेको चर्चा चलिरहे पनि उनले त्यसलाई “अफवाह“ भन्दै खण्डन गरेका छन्।

मन्त्री यादवका अनुसार मधेशमा नयाँ सरकार गठनबारे न त पार्टीभित्र न त सत्तारूढ गठबन्धनमा कुनै औपचारिक छलफल भएको छ । “सरकार परिवर्तनको कुरा केवल भ्रम फैलाउने काम हो,“ उनले भने, “अहिले यही सरकारले निरन्तरता पाउँछ, नयाँ सरकार गठनको कुनै प्रयास भएको छैन।“

यादवले अफवाहका कारण सरकारको गरिमा घट्न सक्ने चेतावनी दिँदै सरकारप्रति जनविश्वास कमजोर बनाउन नहुने बताए ।

हाल मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार रहेको छ । पछिल्ला केही दिनयता यस सरकारलाई अस्थिर बनाउने प्रयास भइरहेको चर्चा चल्दा मन्त्री यादवको यो भनाइ आएको हो । उनका अनुसार सरकार पूर्ण रूपमा स्थिर छ र अहिलेको गठबन्धनलाई कायम राख्ने प्रतिबद्धता यथावत् छ।

प्रकाशित मिति: २०२५-०७-२५ , समय : ०६:५४:३७ , २ दिन अगाडि