लक्ष्मि महतो पहिलो स्थानमा उक्लियो

बिष्णु यादब,गौशाला , १४३६  पटक हेरिएको

महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रतिनिधसभाका उम्मेदवार लक्ष्मि महतोले पहिलो स्थानमा उक्लिएको छ । सुरुवातीमा अग्रस्थानमा रहेका सतारुढ गठबन्धनको तर्फबाट नेकपा माआवादी केन्द्रका उम्मेदवार गिरिराजमणी पोखरेललाई ६५९ मतले पछाडी पार्दै नेकपा एमालेका महतोले अग्रगता लिएको हो ।
पछिल्लो मतपरिणाम अनुसार एमालेका महतोले २८ सय ३० मत ल्याएका छन् भने माओवादीका पोखरेलले २१सय ७१ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी महोत्तरी क्षेत्र नम्बर १ (ख) मा प्रदेशसभाका जसपा नेपालका उम्मेदवार राम श्रेष्ठ महतोले पहिलो स्थानमा उक्लिएको छ । सुरुवातीमा अग्रस्थानमा रहेका सतारुढ गठबन्धनको तर्फबाट नेकपा माआवादी केन्द्रका उम्मेदवार भरत प्रसाद साहलाई ७५ मतले पछाडि पार्दै जसपा नेपालका उम्मेदवार महतोले अग्रगता लिएको हो । पछिल्लो मतपरिणाम अनुसार जसपा नेपालका उम्मेदवार महतोले १७ सय २७ ल्याएका छन् भने माओवादीका साहले १६ सय ५२ मत प्राप्त गरेका हुन् ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : १३:०२:१२ , २ वर्ष अगाडि