महोत्तरी ४ मा बल्ल सुरु भयो मतगणना

सुनिता बराल , १२३५  पटक हेरिएको

महोत्तरी क्षेत्र नम्बर ४ मा बल्ल मतगणना सुरु भएको छ । प्रतिनिधि तथा प्रदेशसभा दुवैतिर मतगणना एकैपटक सुरु गरिएको निर्वाचन कार्यालय क्षेत्र नम्बर ४ का साहायक निर्वाचन अधिकृत तर्कराज खनालले जानकारी दिए ।

खनालका अनुसार प्रतिनिधि तथा प्रदेशका दुवै क्षेत्रको मतगणना एकै पटक गर्नुपर्ने दलहरुको अडानका कारण मतगणना सुरु गर्न ढिला भएको हो । पहिले गणनास्थल प्रतिनिधि र प्रदेशको एक क्षेत्रको गणना गर्नेगरी तयारी गरेकोमा सर्वदलीय सहमति नजुटेपछि गणना स्थलको ब्यवस्थापन गर्न समय लागेको खनालले बताए । प्रतिनिधिसभातर्फ औरही, सोनमा र रामगोपालपुरबाट मतगणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

महोत्तरी ४ मा प्रतिनिधिसभातर्फ कांग्रेसका महेन्द्रकुमार राय, जसपाका सुरेन्द्रकुमार यादव, जनमतका मनोजकुमार साह, हाम्रो पार्टीका सुबराती मंसुर लगायत उम्मेदरवार छन् ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : १३:४३:१५ , २ वर्ष अगाडि