एमाले एक्लैले बहुमत ल्याउँछ : विष्णु पौडेल

रेडियो गौशाला , ७९९  पटक हेरिएको

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् ।

सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले आफ्नो दलले पाँच वर्ष एक्लै सरकार चलाउन सक्ने गरी बहुमत ल्याउने बताएका हुन् ।सत्तारुढ गठबन्धनको गतिविधिका कारण मतदाताले उनीहरुलाई मत नदिने पौडेलले बताए ।

‘गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ’ उनले भने ।

प्रकाशित मिति: २०२२-१०-२६ , समय : १३:४१:०० , २ वर्ष अगाडि