रेडियो गौशाला , ६७४ पटक हेरिएको
जनकपुरधाम । युथ एसोसिएसन अफ नेपाल ( यानले ओमप्रकाश महतो (दिलिप) लाई प्रथम पर्यावरण सहिद घोषणा गर्न अभियान सुरु गरेका छन।
अभियान अन्तर्गत यानले प्रथम चरणमा मधेस प्रदेशका सबै संघीय सांसदहरुलाई भेटेर दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर्न ध्यानाकर्षण पत्र बुझाउने छ।
यसै क्रममा आज अभियानको शुरूवात गर्दै अध्यक्ष राहुलराज यादवको नेतृत्वमा यानले नेपाली कांग्रेसका सांसद, पुर्व उपप्रधान तथा गृहमन्त्री माननीय बिमलेन्द्र निधीलाई ध्यानाकर्षण पत्र बुझाएका छन। पत्रमा निधिलाई सक्रिय भुमिकाका साथ सहिद घोषणा गर्न आवश्यक पहल गरिदिन आग्रह गरिएको छ।
साथै चुरे वन संरक्षण अभियान र मधेस प्रदेश सरकारको बिच २०७८ भाद्र ४ गते भएका लिखित सम्झौताको बुंदा न ५ अहिलेसम्म कार्यनयन हुन नसकेकोमा दुस्ख व्यक्त गर्दै यी सम्झौता पूरा गर्न समेत आवश्यक पहल गरिदिन आग्रह गरिएको छ।
यान प्रवक्ता राजु महतोको अनुसार, यानले विगत तीन वर्ष देखी यस मुद्दालाई टेकि संघर्ष गर्दै आएकोमा नेता खुसी हुँदै धन्यवाद व्यक्त गरेको बताए।
नीधिले दिलिपको मुद्दामा आफू पनि शुरु देखि नै लागेको र यानको मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । “यी पूरा गर्न म सबै आवश्यक पहल पूरा गर्नेछु भनेर सकारात्मक भाव व्यक्त गर्नुभयो।
महतोले थप्दै, “माननीय निधि जी ले घटना हुँदाको बखत नै सबै संबंधित निकायलाई सम्पर्क गरि यी सानोतिनो घटना नभएकोले सुक्ष्म र प्रभावकारी अनुसन्धान गरि यस्ता जघन्य अपराध गर्ने दोषीहरुलाई तुरुन्तै पक्राउ गरेर कार्यवाहीको प्रक्रिया अगाडि बढाउन लागि निर्देशन दिनुभएको समेत जानकारी गराउनुभयो।”
पत्र बुझाउन अध्यक्ष यादवको नेतृत्वमा केन्द्रिय सदस्य संतोष बलराज, गौतम शर्मा, दिपक यादव र प्रवक्ता राजु महतो सहितको टोलि गएको थियो।
प्रकाशित मिति: २०२३-०४-०४ , समय : १०:४६:१७ , २ वर्ष अगाडि