बिष्णु यादब,गौशाला , १०११ पटक हेरिएको
बैंकले अनाबस्यक रुपमा चर्काे रुपमा ब्याज लिने गरेको भन्दै महोत्तरीको गौशाला बजारका ब्यापारीहरुले तिन घण्टाका लागी बजार ब्यबसाय ठप्प गरेकोे छ । बैंक तथा बित्तिय संघ संस्थाहरुले अर्थतन्त्रलाई नकारात्मक असर पर्नेगरी गरीएको अब्यबहारीक ब्याजदर बृद्घि बिरुद्घ आईतबार बिहान ११ बजेदेखी दिउसो १ बजेसम्म गौशाला उधोग बाणिज्य संघको अगुआईमा यहाँका सम्पुर्ण ब्यपारीहरुले शान्तिपुर्ण बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।
क्रीणलिने समयमा थोरै ब्याजदर अहिले आएर बिभिन्न उच्च शुल्कबापत चर्काे ब्याजलिने गरेकोले ब्यबसाय धान्न गाह्रो भएको भन्दै आफुहरु बैंकहरुको बिरुद्घमा आएको उधोग बाणिज्य संघ गौशालाका अध्यक्ष रामराजा प्रसाद साहले बताए । अहिले आर्थिक समस्या भएको समयमा ब्यापारी,किसानहरुलाई ब्याजका तिर्नका लागी अनाबस्यक रुपमा टर्चर दिई बैंक आतंक मचाएको भन्दै आन्दोलित भएको अध्यक्ष साहले बताउनु भयो ।
बजार परिसरमा रहेको दुर्गा मंदिरको प्राङ्गणबाट सुरु भएको शान्तिपुर्ण रयाली बजार परिसर परिक्रमा गरी पुन मंदिर परिसरमा आएर कोण सभामा परिणत भई सम्पन्न गरेको थियो । ब्यापारीहरुले चालु पँुजी निर्देशिका खारीज गर,सम्झौता भन्दा बढि लिएको रकम फिर्ता गर,उच्च सेवा शुल्क खारेज गर लगाएतका प्लेकार्ड र नारा लगाउदै हिडेका थिए ।
प्रकाशित मिति: २०२२-१२-१८ , समय : १२:२७:५३ , २ वर्ष अगाडि